१८औं एसियाली खेलकुद अन्तर्गत नेपालले समूह चरणको अन्तिम
खेलमा पनि पराजय व्यहोरेको छ ।
सुरुआती
अग्रता जोगाउन नसक्दा नेपाल जितबिहीन हुँदै घर फर्कियो ।
इण्डोनेशियाको
बेकासीमा रहेकाे प्याट्रियट्स चन्द्राबागा रंगशालामा खेलको १२औं मिनेटमै नेपालले
उपहार गोलमार्फत अग्रता लिएको थियो । रोहित चन्दको प्रहार क्लियर गर्न लाग्दा
पाकिस्तानका साहवाज योनासले आफ्नै पोष्टमा गोल गरेका थिए ।
पहिलो
हाफमा लिएको अग्रता नेपालले जोगाउन सकेन । ५४औं मिनेटमा मोहम्मद विलालले गोल गरी
खेल बराबरीमा ल्याए । ७२औं मिनेटमा पाकिस्तानले पेनाल्टी पायो । नेपाली कप्तान
किरण चेम्जोङलाई छक्याउँदै पाकिस्तानका सद्धाम हुसेनले गोल गरी अग्रता दिलाए ।
त्यसयता गोल हुन सकेन र नेपाल तेस्रो खेलमा पनि पराजित
भयो ।
एसियाड
अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह डीमा परेकोमा पहिलो खेल जापानसँग १–० ले हारेको थियो भने
दोस्रो खेलमा भियातनामसँग पनि ३–० ले हारेको थियो । पाकिस्तानलाई हराउँदै समूहको उत्कृष्ट
तेस्रो बन्दै नकआउट चरणमा पुग्ने नेपालको सम्भावना पनि यो हारसँगै सकिएको छ ।
एसियन गेम्समा ३६ वर्षपछि नेपालको गोल
१८ औं एसियाली खेलकुद प्रतियोगिता
अन्तर्गत समूह चरणको अन्तिम खेलका पाकिस्तानविरुद्ध नेपालले खेलको १२ औं मिनेटमा
गोल गरेको छ ।
नेपालको गोलको खडेरी ३६ वर्षपछि तोडिए पनि नेपाली खेलाडीले
आफ्नै नाममा गोल लेखाउन भने सकेका छैनन् । पाकिस्तानविरुद्धको गोल आत्मघाती भएको
हो । पाकिस्तानका युनस सहबाजले क्लियर गर्न खोजेको बलले जाली चुमेर नेपालले उपहार
गोल पाएको हो ।
खेल इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा चलिरहेको
छ ।
सन्
१९८२ को एसियाली खेलकुदका बेला गोल गरेपछि नेपालले गोल गर्न सकेको थिएन । त्यसबेला
पहिलो खेलमा वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । त्यसपछि एसियाली खेलकुदमा
नेपालले खेलेका १७ खेलमा ६८ गोल खाएको थियो ।
यसअघि
पहिलो खेलमा जापानसँग १-० ले हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग २-० ले हारेको
थियो ।

No comments:
Post a Comment