इंग्लिस प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको खेलमा
म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ ।
घरेलु दर्शकमाझ ब्राइटनले उत्कृष्ट खेलको नमूना प्रस्तुत
गरेको थियो । ब्राइटनको शानदार प्रदर्शनसामू युनाइटेड ३–२ गोलले निराश बन्यो ।
ब्राइटनले स्टार खेलाडीले भरिएको युनाइटेडबिरुद्ध पहिलो
हाफमै तीन गोल गरेको थियो । २७ औं मिनेटमा ग्लेन मुर्रेले घरेलु दर्शकलाई खुसी
तुल्याउँदै गोल गरेको दुई मिनेटपछि नै सेन डफ्फीले अर्को गोल थपे ।
३४औं मिनेटमा रोमेलु लुकाकुले गोल गरी गोल अन्तर २–१ मा झारे । यद्यपी ४४औं मिनेटमा ब्राइटनले
पेनाल्टी पायो । जसलाई पास्कल ग्रसले सहजै गोलमा परिणत गरे ।
पहिलो हाफमा ३–१ को अग्रता बनाएको ब्राइटनले दोस्रो हाफको अन्त्यसम्म
युनाइटेडलाई गोल गर्ने अवसर दिएन । तर, अन्तिम मिनेटमा युनाइटेडले पाएको पेनाल्टी
अवसरमा पाउल पोग्वाले गोल गरी गोलअन्तर छोट्याए पनि हार टार्न सकेनन् ।
युनाइटेडले गएको सिजनमा पनि ब्राइटनसँग पराजय ब्यहोरेको थियो
।

No comments:
Post a Comment